दफा २७
अधिकार प्रत्यायोजन
सञ्चालक समितिले आफ्नो रेखदेख र निर्देशनमा रही काम गर्र्न सोको औचित्य र कारण खुलाई आफूमा निहित अधिकारहरु मध्ये केही अधिकार कुनै सञ्चालक, दफा २६ बमोजिम गठित उपसमिति, बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा कार्यकारी प्रमुख भई काम गर्ने कुनै व्यक्तिलाई प्रत्यायोजन गर्न सक्नेछ ।